Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले नेता अधिकारीले भने - समानुपातिकबाट सांसद हुने अवसर पाइसकेको व्यक्तिलाई पुनः नदोहोर्‍याउ

एमाले नेता अधिकारीले भने - समानुपातिकबाट सांसद हुने अवसर पाइसकेको व्यक्तिलाई पुनः नदोहोर्‍याउ

शनिवार , पौष १२, २०८२

काठमाडौं । नेकपा एमालेका नेता काशीनाथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद हुने अवसर पाइसकेको व्यक्तिलाई नदोहोर्‍याउन पार्टी नेतृत्वलाई अनुरोध गरेका छन् ।

फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाउने अन्तिम तयारी भइरहँदा उनले सबै पार्टीले २०४७ सालभन्दा यता एकपटक समानुपातिक वा राष्ट्रियसभा सदस्य भइसकेको व्यक्तिलाई पुनः त्यो अवसर नदिन आग्रह गरेका हुन् ।

मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अधिकारीले एमालेले यस्ता व्यक्तिलाई समानुपातिकको अवसर दिनै नहुने तर्क अघि सारेका छन् ।

अधिकारीले यस्तो अवसर पनि न्योचित वितरण हुनुपर्नेमा जोड दिएका छन् । पार्टीमा पद र अवसरका लागि थिति बसोस भन्ने आफ्नो विशेष आग्रह रहेको उनको भनाई छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077