Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनमा शान्ति योजनाबारे ट्रम्पसँग निर्णायक छलफल गर्दै जेलेन्स्की

युक्रेनमा शान्ति योजनाबारे ट्रम्पसँग निर्णायक छलफल गर्दै जेलेन्स्की

शनिवार , पौष १२, २०८२

एजेन्सी । युक्रेनमा शान्ति स्थापनाका लागि अमेरिकाले तयार पारेको २० बुँदे योजनामा दुई देशका राष्ट्रपतिबीच निर्णायक छलफल हुँदैछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी भोलोदिमिर जेलेन्स्कीबीच आइतबार फ्लोरिडामा भेटवार्ता हुने तय भएको हो । जेलेन्स्कीले पनि शान्ति योजनाबारे ट्रम्पसँग प्रत्यक्ष छलफल हुने तय भएको बताए ।

२० बुँदामध्ये अधिकांश विषयमा युक्रेन सहमत भए पनि जमिनको विषय र सुरक्षा ग्यारेन्टीको विषय भने ट्रम्पसँगै छलफल गरी टुंग्याउनुपर्ने जेलेन्स्कीले बताउँदै आएका छन् ।

सोही अनुसार आइतबार ती दुई विषयमा ट्रम्पसँग छलफल हुने जेलेन्स्कीले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077