काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह एकताका लागि सहमति नजिक पुगेका छन् ।
दुवै पक्षको वार्ता टोलीले सहमतिको खाका तयार पारेका हुन् । उनीहरू दुईबीच यसअघि चरणबद्ध रूपमा काठमाडौंको कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम शाहको म्युजिक कम्पनी र ललितपुरको ज्वागलस्थित बालेनका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारको घरमा वार्ता भएको थियो ।
दुवै नेताबीच पछिल्ला दिनमा भएका संवादमा वैकल्पिक शक्ति र जेनजी पुस्तालाई एउटै प्लेटफर्ममा उभ्याएर पुराना राजनीतिक शक्तिलाई चुनौती दिने रणनीतिमा सहमति जुट्दै गएको बताइएको छ ।
स्रोतका अनुसार शनिबार औपचारिक घोषणा गर्ने तयारी तीव्र बनाइएको छ ।