Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१२ घण्टापछि ज्वागलबाट बाहिरिए मेयर बालेन

१२ घण्टापछि ज्वागलबाट बाहिरिए मेयर बालेन

बिहिवार , पौष १०, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ललितपुरको ज्वागलस्थित आफ्ना प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारको घरबाट बिहीबार राति बाहिरिएका छन् ।

दिनभर त्यहीँ रहेर राजनीतिक भेटघाटमा सक्रिय रहेका बालेन साँझपछि प्रस्थान गरेका हुन् ।

बिहीबार बालेनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका नेताहरूसँग क्रमशः भेटवार्ता गरेका थिए।

ती भेटघाटमा नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरूको एकता, भावी राजनीतिक मार्गचित्र र आगामी निर्वाचनका विषयमा छलफल भएको बताइन्छ।

बालेन प्रत्यक्ष राजनीतिमा सक्रिय रूपमा होमिन लागेका छन् । सोही क्रममा उनले भेटवार्तालाई तीव्रता दिएका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077