Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रियसभा अधिवेशन अविलम्ब आह्वान गर्न कांग्रेसको माग

राष्ट्रियसभा अधिवेशन अविलम्ब आह्वान गर्न कांग्रेसको माग

बिहिवार , पौष १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा अधिवेशन तत्काल आह्वान गर्न माग गरेको छ । कांग्रेसको राष्ट्रियसभा संसदीय दलको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा भएको बैठकले प्रतिनिधिसभा नरहेकाले जनआवाज उठाउने सार्वभौम संसद्का रूपमा राष्ट्रिय सभा मात्र सक्रिय रहेकाले अविलम्ब बैठक आह्वान गर्न राष्ट्रिय सभाका अध्यक्षसमक्ष औपचारिक माग गर्ने निर्णय गरेको छ ।

‘प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रिय सभा नै जनआवाज उठाउने एकमात्र सार्वभौम मञ्च हो । त्यसैले अधिवेशन ढिलाइ नगरी बोलाइनुपर्छ,’ प्रमुख सचेतक कृष्णबहादुर रोकायाले भने ।

बैठकले हालै दिवंगत भएका विभिन्न राजनीतिक व्यक्तित्वप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली पनि अर्पण गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077