Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजीहरूलाई बालेनको आग्रह - २५ वर्ष पुगेकाहरू चुनावमा जानुपर्छ

जेनजीहरूलाई बालेनको आग्रह - २५ वर्ष पुगेकाहरू चुनावमा जानुपर्छ

बिहिवार , पौष १०, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी पुस्तालाई एकजुट भएर आगामी निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन् ।

ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा बिहीबार आयोजित भेटघाटमा शाहले २५ वर्ष उमेर पुगेकाहरूलाई प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिन र नपुगेकाहरूलाई अभियानमा सहयोगी भूमिकामा रहन आग्रह गरेका हुन् ।

जेनजी प्रतिनिधिसहितको छलफलमा शाहले वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकत्रित गरेर स्थानीय तहदेखि प्रदेश तहसम्म बलियो उपस्थिति बनाउने रणनीति अघि सारेका थिए ।

बालेनले छलफलमा भने, 'अब हामी छुट्टाछुट्टै होइन, जेन–जी पनि स्टेकहोल्डर हो। सबै मिलेर जानुपर्छ।' शाहले जेनजी आन्दोलनमा सक्रिय २५ वर्ष उमेर पुगेकाहरूलाई चुनावमा होमिन प्रोत्साहित गर्दै नयाँ पुस्ताको नेतृत्वबाटै राजनीतिमा परिवर्तन सम्भव हुने धारणा राखे ।

छलफलमा सुधन गुरुङ, रक्षा बम, धिरज जोशी, केपी खनाल, रेहान दंगाल र पुरुषोत्तम यादवलगायत जेन–जीका प्रतिनिधिहरू सहभागी थिए । उनीहरूले वैकल्पिक राजनीति, युवा सहभागिता र संगठन निर्माणका विषयमा धारणा राखेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077