Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनसँगको छलफलबाट बाहिर निस्किए रवि

बालेनसँगको छलफलबाट बाहिर निस्किए रवि

बिहिवार , पौष १०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँगको वार्ता सकेर निस्किएका छन् ।

रवि बालेनलाई भेट्न ललितपुरको कुपण्डोलस्थित कुमार बेनको घरमा पुगेका थिए । बालेनसँग लामो छलफलपछि रवि केहीबेरअघि निस्किएका हुन् ।

उनीहरू करिब साढे दुई घण्टा वान टु वान बैठकमा बसेका थिए ।

अहिले बालेनसँग भेटघाट गर्नका लागि कुमार बेनको निवासमा घुइँचो नै लागेको छ । यसअघि सोमबार रवि र बालेनबिच लामो छलफल भएको थियो । आगामी निर्वाचनमा रवि बालेनसहित वैकल्पिक शक्तिहरु एक भएर अघि बढ्ने तयारी गरेका छन् ।

यद्यपि उनीहरुबिच के विषयमा छलफल भयो भन्नेबारे बाहिर खुलेको छैन । यता रविले भने वार्ताबाट निस्किँदै गर्दा वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077