काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ बिचको वार्ता जारी छ ।
ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेनको निवासमा वार्ता जारी रहेको हो ।
यसअघि सोमबार राति करिब ७ घण्टा भेटेका रवि–बालेनबिच आगामी निर्वाचनमा एक भएर जाने सहमति भएको थियो । रविले आफूहरुले सबै वैकल्पिक शक्तिहरुलाई एक बनाएर लैजाने तयारी गरेको प्रतिक्रिया दिएका थिए ।
स्रोतका अनुसार आजको भेटबाट दुई नेताबीच आगामी निर्वाचनमा सहकार्य गरेर जाने कि आ–आफ्नै बाटो अघि बढ्ने भन्ने विषय टुङ्गो लाग्ने सम्भावना छ ।
बालेन केहीदिनदेखि रविसहित वैकल्पिक शक्तिहरुसँग छलफलमा रहेका छन् ।
त्यस्तै बालेनले उज्यालो नेपाल पार्टी बनाएका उर्जामन्त्री कुलमान घिसिङसँग समेत छलफल गरेका छन् ।
आजै जेनजी आन्दोलनपछि चर्चामा आएका हामी नेपाल नामक एनजीओका सञ्चालक सुदन गुरुङ समेत बालेनसँग भेटका लागि पुगेका छन् ।
आजै नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले समेत बालेनसँग भेट गरेका थिए ।