Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविसँग कुरा नमिलेपछि छुट्टै पार्टी हाँक्ने बालेनको तयारी

रविसँग कुरा नमिलेपछि छुट्टै पार्टी हाँक्ने बालेनको तयारी

बिहिवार , पौष १०, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नै पार्टी बढाउने तयारी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग शक्ति बाँडफाँटमा सहमति जुट्न नसकेपछि बालेन आफ्नै पार्टी निर्माण गर्न लागेका हुन् ।

स्रोतका अनुसार लौरो चुनाव चिह्न लिएर निर्वाचन आयोगमा दर्ता भइसकेको ‘देश विकास पार्टी’को नेतृत्व आफूले सम्हाल्ने बालेनको तयारी छ ।

सोमबार राति रवि लामिछाने र बालेनबीच लामो वार्ता भएको थियो । सुरुआतमा यसलाई ‘सुखद’ मानिए पनि अन्ततः शक्ति बाँडफाँटमा कुरा नमिलेको, रविले बालेनलाई होच्याउने शैलीमा प्रस्ताव गरेको र पछि बोली फेरेको बालेन पक्षको आरोप छ । बालेन काठमाडौं महानगरपालिकाको मेयरमा लौरो चुनाव चिह्नबाट निर्वाचित भएका थिए ।

त्यसपछि सोही चिह्नसहित ‘हाम्रो नेपाली पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको थियो, जसको नाम परिवर्तन गरी अहिले ‘देश विकास पार्टी’ राखिएको छ । हाल उक्त पार्टीका अध्यक्ष अनन्तराज घिमिरे छन् ।

रविसँगको वार्तापछि पनि संवाद खुला राख्ने तर आफ्नै पार्टीलाई सशक्त बनाउने तयारी थालिएको बालेन पक्षको भनाइ छ ।

यसैक्रममा ललितपुरको कुपण्डोलस्थित कुमार बेनको घरमा गएराति अबेरसम्म बालेनले विभिन्न व्यक्तिहरुसँग अलग–अलग र सामूहिक छलफल गरेका थिए । उनले विभिन्न दलका नेता, पत्रकार, जेनजी अगुवा, कलाकार लगायतसँग छलफल गरेका हुन् ।

बालेनले हिजो चिकित्सक डा. भगवान कोइरालादेखि राप्रपा नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका सिके राउतसम्मलाई भेटेको बताइएको छ ।

साथै महानगरका सल्लाहकार सुनिल लम्सालसमेतको उपस्थितिमा भएको बैठकमा बालेनले पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझाका पूर्वउपाध्यक्ष मिलन पाण्डे, अभियन्ता सागर ढकाल, जेनजी अभियन्ता रक्षा बम, केपी खनाललाई भेटेका छन् ।

उनले कलाकार निश्चल बस्नेत, कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहिया, सुरजसिंह ठकुरी, पत्रकार ऋषि धमला लगायतसँग पनि बेग्लाबेग्लै भेट गरेको बताइएको छ । छलफल आज पनि जारी रहने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077