Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्पले नेपालसहित २९ देशबाट फिर्ता बोलाए राजदूत

ट्रम्पले नेपालसहित २९ देशबाट फिर्ता बोलाए राजदूत

सोमवार , पौष ७, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशमा खटिएका करिब २९ जना राजदूतलाई पदबाट हटाउँदै फिर्ता बोलाएका छन्।

ती सबै राजदूत पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा नियुक्त भएका थिए र ट्रम्पको दोस्रो कार्यकालमा पनि निरन्तर सेवामा रहँदै आएका थिए।

ट्रम्प प्रशासनको यो कदमले अमेरिकी विदेश नीतिमा ठूलो परिवर्तनको तयारी भइरहेको संकेत दिएको बताइएको छ।

‘अमेरिका फर्स्ट’ नीतिलाई पूर्ण रूपमा समर्थन गर्ने कूटनीतिक नेतृत्व अघि सार्ने उद्देश्यले राजदूत तथा अन्य वरिष्ठ दूतावास पदहरूमा नयाँ नियुक्ति गर्न खोजिएको विश्लेषण गरिएको छ।

विदेश विभागका दुई अधिकारीले नाम नछाप्ने सर्तमा दिएको जानकारीअनुसार गत हप्ता कम्तिमा २९ देशमा खटिएका राजदूतहरूलाई फिर्ता बोलाउने सूचना दिइएको हो।

उनीहरूको सेवा आगामी जनवरीमा समाप्त हुने बताइएको छ। ती राजदूतहरूले गत बुधबारदेखि वाशिङ्टनस्थित अधिकारीहरूबाट औपचारिक नोटिस प्राप्त गर्न थालेका थिए।

अमेरिकी राजदूतहरू राष्ट्रपतिको इच्छाअनुसार काम गर्ने भए पनि सामान्यतया उनीहरू तीनदेखि चार वर्षसम्म पदमा रहन्छन्। तर यसपटक बाइडेन प्रशासनमा नियुक्त अधिकांश राजदूतहरूलाई समयअगावै फिर्ता बोलाइएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077