कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डीआईजी) ओमबहादुर रानाले प्रहरी निर्वाचनमा सुरक्षा दिन तयार रहेको बताएका छन् ।
आइतबार प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डीआईजी रानाले यस्तो बताएका हुन् । उनले राजनीतिक दलहरु तयारी अवस्थामा भए भने आफूहरु पनि सुरक्षा दिन तयार रहेको बताए ।
'राजनीतिक दलहरू तयारी अवस्थामा भए भने चुनाव गराउन सुरक्षा निकायको तर्फबाट हामी पनि तयारी अवस्थामा छौँ,' उनले भने।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको सन्दर्भमा उनले शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरण बनाउन प्रदेश प्रहरी प्रतिबद्ध रहेको बताए ।