Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

योगेश भट्टराई भन्छन् - महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न पाइएन

योगेश भट्टराई भन्छन् - महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न पाइएन

शनिवार , पौष ५, २०८२

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण नबनेको आरोप लगाएका छन्।

ईश्वर पोखरेलको समूहले आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले प्रतिनिधि छनोट, बन्दसत्रदेखि निर्वाचनसम्म नै पार्टीका संचरचनाहरुको दुरुपयोग गर्ने काम भएको बताए।

यसले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि प्रश्न चिन्ह खडा गरेको उनको भनाइ छ। उनले आगामी दिनमा यसको थप समीक्षा गर्ने पनि बताए।

उनले लोकतान्त्रिक अभ्यासमा सहभागी भएपछि आएको परिणामलाई भने स्वीकार गर्ने बताए। एमाले अध्यक्ष केपी ओलीले ल्याएका राम्रा पक्षहरुलाई समर्थन गर्ने र पक्षपातपूर्ण व्यवहार भएर प्रतिवाद गर्ने उनले जानकारी दिए।

उनले आगामी निर्वाचन लगायत वाह्य प्रतिष्पर्धामा भने एकजुट हुने बताए। आगामी निर्वाचनलगायत बाह्य प्रतिस्पर्धामा पार्टी एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाउँदै उनले विचारका आधारमा पार्टीभित्रको अन्तरसंघर्ष भने निरन्तर रहने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077