Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झंकर साउँदसँग एमाले केन्द्रीय सदस्य गिरीले मागे माफी

झंकर साउँदसँग एमाले केन्द्रीय सदस्य गिरीले मागे माफी

शनिवार , पौष ५, २०८२

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द गिरीले झंकर साउँदसँग माफी मागेका छन् ।

एमालेको महाधिवेशन अन्तर्गत मतदानको दिन केन्द्रीय सदस्य पदका उम्मेदवार समेत रहेका गिरीले चौरपाटी गाउँपालिका कमिटी अध्यक्ष साउँदको कठालो समात्दै दुर्व्यवहार गरेका थिए ।

तर उनले आफूले नचिनेर उक्त घटना भएको भन्दै शुक्रबार साउँदसँग एमाले अछामका नेताहरु झपट बोहरा, यज्ञ बोगटी र कृष्णप्रसाद जैशीको उपस्थितीमा नेता गिरीले माफी मागेका हुन् ।

अध्यक्ष साउँदका अनुसार केन्दीय सदस्य गिरीले आत्मालोचना गर्दै माफी मागेका छन् । गत पुस २ गते एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान भइरहेका बेला सो घटना भएको थियो ।

त्यसपछि साउँदले प्रहरी नियन्त्रणमा लिएको थियो । उनीमाथि प्यानलगत उम्मेदवारहरूको नामावली अदलबदल गरी प्रचारप्रसार गरेको आरोप लागेको थियो ।

नेकपा एमालेको ११औँ महाधिवेशनमा युवातर्फ सुदूरपश्चिम भूगोलबाट केन्द्रीय सदस्य पदमा डिबी साउँद र गोविन्द गिरी उम्मेदवार थिए । साउँदले डिबी साउँदको पक्षमा मत मागिरहेको खुलेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077