Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेका उपाध्यक्ष रामबहादुर थापालाई ओलीपछिको वरीयता

एमालेका उपाध्यक्ष रामबहादुर थापालाई ओलीपछिको वरीयता

शुक्रवार , पौष ४, २०८२

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई दोस्रो वरीयतामा राखिएको छ ।

उपाध्यक्षमा ५ जना निर्वाचित भएकोमा माओवादी पृष्ठभूमिका बादललाई दोस्रो वरीयतामा राखिएको हो ।

दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा बादल यसअघि पाँचौँ वरीयतामा थिए ।

एमालेको एघारौँ महाधिवेशनपछि आज शुक्रबार नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक थापाथलीस्थित कार्की ब्यांकेट जारी छ ।

बैठकमा अध्यक्ष ओलीको दाहिनेतिर पहिलो नम्बरमा बादल बसेका छन् भने त्यसपछि क्रमशः विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त छन् । पौडेल यसअघि छैटौँ वरीयतामा रहेका थिए । उनी अहिले तेस्रो वरियतामा पुगेका छन् ।

गुरुङ उपमहासचिवबाट उपाध्यक्ष बनेका हुन् । सचिवबाट उपाध्यक्षमा फड्को मारेका विष्ट यसअघि १४औँ वरीयतामा थिए ।

पन्त स्थायी कमिटी सदस्यबाट सिधै उपाध्यक्ष बनेका हुन् । उनी दशौँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए। त्यतिबेला उनी एमाले केन्द्रीय कमिटीमा २३औँ नम्बरमा थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077