Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुरु भयो एमाले केन्द्रीय कमिटीको पहिलो बैठक

सुरु भयो एमाले केन्द्रीय कमिटीको पहिलो बैठक

शुक्रवार , पौष ४, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ ।

थापाथलीस्थित कार्की ब्याङ्क्वेटमा केहीबेर अघि मात्र सुरु भएको बैठक अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओलीसहित ३०१ पदाधिकारी र केन्द्रीय सदस्यहरूले बिहीबार शपथ ग्रहण गरेका थिए । शपथपछि पार्टीको यो पहिलो बैठक हो ।

शुक्रबारको केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, केन्द्रीय कमिटीका जिम्मेवारी बाँडफाँट तथा आगामी कार्य योजनाबारे छलफल हुने बताइएको छ ।

महाधिवेशनपछि बस्न लागेको यो केन्द्रीय कमिटीले विशेष गरी जेन जेड आन्दोलनपछि महाधिवेशनको समीक्षा र अहिलेको राजनीतिक अवस्थाको बारेमा कसरी अगाडि जाने भन्ने विषयमा निर्णय गर्ने छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077