मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र मोरङ -६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वार्ड नं-४ का स्थानिय नेताहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको भन्दै कोइरालाले निर्वाचनका लागि जुट्न आफ्ना पार्टी पङ्तीलाई निर्देशन समेत दिएका छन् ।
कोइरालाले भने- 'संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो । हामी त निर्वाचनको मिति कुरेर बसेका छौं तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ ।'
कोइरालाले संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने उपाय निर्वाचनले मात्रै भएको बताए ।
दलका केही नेतालाई काठमाडौ बाहिर जान दिईएको छैनभन्दै कोइरालाले प्रश्न गरे- 'लुटिएका हतियार बाहिर छन्। कैदीहरु बाहिर छन्। यसबारेमा सरकारले के सोचेको छ ?'
सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाई थियो ।