Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यक्ष र महासचिवमा पराजित ईश्वर र सुरेन्द्रप्रति सम्मान व्यक्त गर्दै गोकर्णले गरे प्रशंसा

अध्यक्ष र महासचिवमा पराजित ईश्वर र सुरेन्द्रप्रति सम्मान व्यक्त गर्दै गोकर्णले गरे प्रशंसा

बिहिवार , पौष ३, २०८२

काठमाडौं । एमालेका नवनिर्वाचित उपाध्यक्ष गोकर्ण विष्टले रुपान्तरणसहितको पार्टी निर्माणको अभियानमा नेतृत्व गरेको भन्दै ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेप्रति सम्मान जनाएका छन् । उनले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यले उच्च नैतिकता र त्याग देखाएको भन्दै प्रशंसा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले अध्यक्ष केपी ओलीसहित विजेता नेतालाई बधाई दिए ।

विष्टले लेखेका छन्–‘खुला प्रतिस्पर्धा र युगले खोजेको रुपान्तरणसहितको पार्टी निर्माणका लागि हाम्रो अभियानको नेतृत्व गर्नुहुने कमरेड ईश्वर पोखरेल र कमरेड सुरेन्द्र पाण्डेलगायतका सबै नेता कमरेडहरुको निष्ठा, साहस र संघर्षलाई हार्दिक सम्मान छ । त्यसैगरी आजीवन सामाजिक परिवर्तनको आन्दोलनमा समर्पित आदरणीय कमरेडहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरा, केशव वडालसहितका अग्रजहरुले देखाउनुभएको उच्च नैतिकता र त्यागको प्रशंसा गर्दछु ।’

संगठित प्रयत्नले पार्टीलाई सबल, गतिशील र एकताबद्ध बनाउँदै, देशलाई अन्यौल र निराशाबाट निकास दिलाउने उनले बाचा गरेका छन् ।

विष्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘सर्वप्रथम नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न भूमिका खेल्नुहुने सबैप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु । महाधिवेशनमा बिजय हासिल गर्ने अध्यक्ष कमरेड केपी ओलीसहित सबैमा बधाई तथा शुभकामना व्यक्त गर्दछु । प्रतिस्पर्धामा उम्मेदवारका रुपमा भाग लिई लोकतान्त्रिक अभ्यासलाई समृद्ध बनाउने सबै कमरेडको भूमिकाको उच्च कदर गर्दछु ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077