Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यक्षमा पराजित भएपछि पोखरेल भन्छन्- विजयी बन्न नसके पनि एमालेको अभियानमा निरन्तर रहन्छु

अध्यक्षमा पराजित भएपछि पोखरेल भन्छन्- विजयी बन्न नसके पनि एमालेको अभियानमा निरन्तर रहन्छु

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेलले विजयी बन्न नसके पनि एमालेको अभियानमा निरन्तर आफ्नो सहभागिता रहने बताएका छन् ।

महाधिवेशन सम्पन्न भएपछि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले यस्तो बताएका हुन्।

पोखरेलले देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा आफ्नो सक्रियता अटुट रहने बताएका छन् ।

पोखरेलले लेखेका छन्- 'आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहान्छु। नेकपा एमालेको निर्वाचित नयां नेतृत्वले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्न सकोस् - हार्दिक शुभकामना व्यक्त गर्दछु ।'

निर्वाचित सम्पूर्ण पदाधिकारी, केन्द्रीय कमिटी सदस्य तथा केन्द्रीय निकायमा निर्वाचित सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । साथै, उनले महाधिवेशन सफल बनाउन योगदान पुर्‍याउने प्रतिनिधि तथा मतदाता प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077