काठमाडौं । नेकपा एमालेको महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।
एघारौँ महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानका क्रममा पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका हुन् । उनी महासचिवमा शङ्कर पोखरेलसँग पराजित भएका थिए ।
केन्द्रीय सदस्यमा १५ सय भन्दा बढी मत ल्याउने मात्रै निर्वाचित भएका छन्। पाण्डेले ६१ मत मात्रै ल्याएका छन् ।
यस्तै पदाधीकारीमा लडेका अन्य दुई जना पनि केन्द्रीय सदस्यमा पराजित भएका छन् ।
उपाध्यक्षमा लडेका गुरुप्रसाद बराल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।