काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ अपराह्न ४ बजे हुने भएको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार पदाधिकारीसहित केन्द्रीय कमिटीको शपथ भृकुटीमण्डपस्थित महाधिवेशन हलमै हुने भएको हो।
एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् ।
पदाधिकारीसहित केन्द्रीय कमिटीमा बहुमत ओली प्यानल विजयी भएको छ ।