Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम युवा कलस्टरबाट साउँद र गिरीको एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी

सुदूरपश्चिम युवा कलस्टरबाट साउँद र गिरीको एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी

मंगलवार , पौष १, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवातर्फ सुदूरपश्चिम भूगोलबाट केन्द्रीय सदस्य पदका लागि डिबी साउँदले उम्मेदवारी दिएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा साउँदले युवातर्फ सुदूरपश्चिम भूगोल केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै सोही क्लस्टरबाट गोविन्द गिरीले पनि उम्मेदवारी दिएका छन् । सुदूरपश्चिमका दुवै युवा नेता विद्यार्थी राजनीतिबाट उदाउँदै पार्टी संगठन निर्माणमा सक्रिय रहँदै आएका छन् ।

अछामका डिबी साउँद र बैतडीका गोविन्द गिरी संगठनप्रति समर्पित, जुझारु र जनतासँग नजिक युवा नेताका रूपमा चिनिन्छन् ।

नेकपा एमालेको ११औं महाधिवेशनमा नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल टिमसहित मैदानमा उत्रिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077