Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युवा नेता गुरुङको एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी

युवा नेता गुरुङको एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी

मंगलवार , पौष १, २०८२

काठमाडौं । तनहुँ जिल्लाको व्यास नगरपालिका–७, क्यामी निवासी युवा नेता तथा समाजसेवी पूर्ण बहादुर गुरुङ नेकपा एमालेको केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको महाधिवेशनमा उनले आदिवासी जनजाति कोटाअन्तर्गत खुला तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । गुरुङ विद्यार्थी जीवनदेखि नै राजनीति र सामाजिक सेवामा सक्रिय रहँदै आएका छन् ।

गुरुङले देशभित्र मात्र नभई विदेशमा रहेका नेपालीहरूको उद्धार र सहयोगमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

विगतदेखि वर्तमानसम्म समाजसेवा र राजनीतिलाई सँगसँगै अघि बढाइरहेका उनी युवामाझ परिचित र भरोसायोग्य नेताका रूपमा चिनिन्छन् । देश, जनता र पार्टीप्रति समर्पित भावनाका साथ आफूले उम्मेदवारी दिएको गुरुङको भनाइ छ ।

आदिवासी जनजाति कोटाबाट उम्मेदवार भए पनि सबै जातजातिको साझा प्रतिनिधित्व गर्ने प्रतिबद्धता जनाउँदै उनले मतदाताको मतको उच्च कदर गर्ने बताएका छन् । आफूलाई अत्यधिक मतले विजयी गराइदिन उनले मतदातासँग अनुरोध गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077