Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यक्ष पदका लागि ओली र पोखरेलले गराए उम्मेदवारी दर्ता

अध्यक्ष पदका लागि ओली र पोखरेलले गराए उम्मेदवारी दर्ता

सोमवार , मंसिर २९, २०८२

काठमाडौं । नेकपा एमालेको भावी अध्यक्षका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।

सो क्रममा उम्मेदवारी दर्ता गराएर अध्यक्ष ओली तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका हुन् ।

यसअघि नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।

निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदै छ । ११औँ महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दैछन् ।

पोखरेलसँग अध्यक्षमा केपी शर्मा ओलीले प्रतिस्पर्धा गर्दैछन् । उनीहरू दुवै जना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका छन्।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077