Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यक्ष ओलीको समूहबाट को-को बन्दैछन् उम्मेदवार ?

अध्यक्ष ओलीको समूहबाट को-को बन्दैछन् उम्मेदवार ?

सोमवार , मंसिर २९, २०८२

काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र अन्तर्गत आज केन्द्रीय समितिका उम्मेदवार छनोट प्रक्रिया अघि बढ्ने भएको छ ।

एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल नै बनाएर निर्वाचनमा जाने तयारी गरेका छन्।

अध्यक्ष ओली इतर पक्षबाट पदाधिकारी बन्ने टोलीको टुंगो लागेको छ। सो समूहका नेताका अनुसार उपाध्यक्षमा विष्णु पौडेल, गुरु बराल, पृथ्वी सुब्बा गुरूङ र प्रदीप ज्ञवालीले उम्मेदवारी दिने भएका छन्। महासचिवमा शंकर पोखरेल दोहोरिने भएका छन्। उपमहासचिवमा रघुविर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालले उम्मेदवारी दिने जनाइएको छ। यस्तै ९ जना सचिवमा पद्मा अर्याल, छवि विश्वकर्मा, लेखराज भट्ट, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराईको नाम टुंगो लागेको छ ।

ओली पक्षबाट सचिवको उम्मेदवार बन्ने चाहना राखेकी रामकुमारी झाँक्रीलाई भने समेटिएन ।

यस्तै ईश्वर पोखरेल समूह पनि यसअघि नै आफ्नो प्यानलबाट पदाधिकारी बन्ने टोलीको टुंगो लगाइसकेको छ ।  पोखरेल समूहका नेताका अनुसार अध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा योगेश भट्टराई उम्मेदवार बन्ने निश्चित भएको छ।

त्यस्तै यसअघि महासचिवमा दाबि गरिरहेका गोकर्ण विष्ट उपाध्यक्षको उम्मेदवार बन्ने निश्चित भएको छ भने बिन्दा पाण्डे र अरुण नेपाललगायतको पनि उपाध्यक्षमा चर्चा रहेको छ।

सचिवमा पोखरेल पक्षबाट विनोद ढकाल, गोकुल बास्कोटा, कर्ण थापा, ठाकुर गैरेको नाम लगभग टुंगिएको बताइएको छ। त्यसै कृष्णगोपाल श्रेष्ठ, पुरुषोत्तम पौडेललगायतको नाम पनि सचिव पदमा चर्चामा रहेको छ।

उम्मेदवारी दर्ता आज बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म हुने भएको छ। सोमबार नै उम्मेदवारको दाबी विरोध, छानबिन, नाम फिर्ता सकेर अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुने निर्वाचन आयोगले जानकारी दिएको छ। मतदान भने भोलि हुनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077