Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेमा १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव पारित

एमालेमा १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव पारित

आइतवार , मंसिर २८, २०८२

काठमाडौं । नेकपा एमालेले ११औँ महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।

महाधिवेशन अन्तर्गतको बन्दसत्रले केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने गरी संरचना तय गरेको महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालले जानकारी दिइन् ।

प्रस्तावित संरचनाअनुसार केन्द्रीय कमिटीमा १९ जना पदाधिकारी रहनेछन् । जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने व्यवस्था गरिएको छ।

प्रदेशगत प्रतिनिधित्वअन्तर्गत उपत्यकासहित सबै ८ प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने प्रत्येक प्रदेशबाट ९ जनाको प्रतिनिधित्व रहने अर्यालले बताइन्।

त्यसैगरी, खुला कोटामा ७१ जना, ५२ जना महिला र २ जना युवा समावेश गरिएको उनले बताइन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077