Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महाधिवेशन बन्दसत्र: ईश्वर पोखरेलले राखे छुट्टै अवधारणापत्र

एमाले महाधिवेशन बन्दसत्र: ईश्वर पोखरेलले राखे छुट्टै अवधारणापत्र

आइतवार , मंसिर २८, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र जारी छ ।

आइतबार दिउँसो ३ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन थालेका छन् ।

बन्दसत्रको सुरु गर्दै अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन थालेका हुन् ।

त्यसअघि पोखरेलले केही दिनअघि महासचिव शंकर पोखरेललाई बुझाएको फरकमतसहितको छुट्टै अवधारणापत्र समेत पेस गरेका छन् ।

शुक्रबार बसेको सचिवालय बैठकमा पोखरेललाई अवधारणापत्र सार्वजनिक गर्न समय दिइने सहमति भएको थियो । सो बैठकमा पोखरेलले उक्त अवधारणापत्र बन्दसत्रमा प्रस्तुत हुने र दस्तावेजमा समावेश हुनुपर्ने धारणा राखेका थिए ।

शनिबारदेखि सुरु भएको महाधिवेशन सोमबार समापन हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077