Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

११औँ एमाले महाधिवेशन: भृकुटीमण्डपमा सुरु भयो बन्दसत्र

११औँ एमाले महाधिवेशन: भृकुटीमण्डपमा सुरु भयो बन्दसत्र

आइतवार , मंसिर २८, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।

भृकुटीमण्डपमा केही बेर अघिबाट बन्द सत्र सुरु भएको हो । बन्द सत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आज बिहान ९ बजेबाट सुरु हुने भनिएको थियो । तर त्यसअघि केन्द्रीय समितिको अन्तिम बैठक बस्ने भन्दै ३ बजेसम्मका बन्दसत्रको समय सारिएको थियो ।

बन्द सत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकले विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । केन्द्रीय सदस्यको संख्या बढाउने र स्थायी कमिटी रहने गरी संशोधन गरिएको छ ।

१०औँ राष्ट्रिय महाधिवेशनकै अवस्थामा केन्द्रीय कमिटी र पदाधिकारी बनाउने निर्णय भएपछि केही असन्तुष्टि समेत देखिएका छन् ।

विधान संशोधन गरेर ३०१ सदस्यीय केन्द्रीय कमिटी र १९ सदस्यीय पदाधिकारी बनाउने केन्द्रीय समिति बैठकले पारित गरेको प्रस्तावलाई समेत बन्दसत्रमा पेस गरिनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077