Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले विधान संशोधनको प्रस्ताव: पदाधिकारी १९ र केन्द्रीय कमिटी ३०१ सदस्यीय बन्ने

एमाले विधान संशोधनको प्रस्ताव: पदाधिकारी १९ र केन्द्रीय कमिटी ३०१ सदस्यीय बन्ने

आइतवार , मंसिर २८, २०८२

काठमाडौं । नेकपा एमालेको विधान संशोधनसहित पदाधिकारी बढाउनेसम्बन्धी प्रस्ताव पेस भएको छ ।

११औँ महाधिवेशनको बन्दसत्र भन्दा अघि बसेको अन्तिम केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सो प्रस्ताव गरेका हुन् ।

जसअनुसार हाल १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी रहेकोमा १९ सदस्यीय पदाधिकारी र ३०१ सदसस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको हो ।

महाधिवेशन उद्घाटनको अघिल्लो दिन शुक्रबार साँझ बसेको सचिवालय बैठकमा पदाधिकारीसहित केन्द्रीय समितिको सदस्य संख्या बढाउन विधान संशोधनको प्रस्ताव पेस गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षको विरोधले ‘ब्याक’ भएका अध्यक्ष केपी शर्मा ओलीले आज सो प्रस्ताव गरेका हुन् ।

अध्यक्ष ओलीले राखेको विधान संशोधनको प्रस्तावमा बहुसंख्यक सदस्यहरुले ताली बजाएर समर्थन गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका उनको टीमका नेताहरुले भने विरोध जनाएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077