Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेको महासचिवमा चार जनाको दाबी, ओलीलाई सहमति मिलाउन हम्मेहम्मे

एमालेको महासचिवमा चार जनाको दाबी, ओलीलाई सहमति मिलाउन हम्मेहम्मे

आइतवार , मंसिर २८, २०८२

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनमा महासचिव पदका लागि दाबी गर्ने नेताहरूको संख्या चार पुगेको छ ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच अध्यक्ष पदमै प्रतिस्पर्धा हुने लगभग निश्चित भएसँगै महासचिव पद पनि प्रत्यक्ष प्रभावमा परेको छ ।

अध्यक्ष ओली समूह र पोखरेल समूह दुवैतर्फबाट महासचिवका आकांक्षीहरू खुला रूपमा देखिन थालेका छन् । पछिल्लो समय ईश्वर पोखरेललाई सघाइरहेका उपाध्यक्ष सुरेन्द्र पाण्डे महासचिवका सशक्त दाबेदारका रूपमा अघि आएका छन् ।

संस्थापन पक्षबाट भने वर्तमान महासचिव शंकर पोखरेलसँगै उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्बीसुब्बा गुरुङ महासचिवको दौडमा छन् ।

यी तीनै नेताले खुला रूपमा आकांक्षा देखाएपछि अध्यक्ष ओलीलाई सहमति मिलाउन हम्मे–हम्मे परिरहेको बताइन्छ । एक सातायता ओली महासचिवको नाम टुंग्याउन नसक्दा नेतृत्व तहमा असहजता बढेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077