Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

आइतवार , मंसिर २८, २०८२

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुन अगाडि केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

काठमाडौँको भृकुटीमण्डपमा बिहान ९ बजे केन्द्रीय कमिटीको बैठक बस्न लागेको बताइएको छ । बैठकपश्चात बन्दसत्र सुरु हुनेछ ।

पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

महाधिवेशनमा २ हजार २ सय ६२ जना प्रतिनिधि छन्। महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ।

महाधिवेशनमा मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077