Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महाधिवेशन उद्घाटनको ‘फेक’ फोटो भाइरल, एमाले नेताहरूकै फेसबुकबाट प्रचार

एमाले महाधिवेशन उद्घाटनको ‘फेक’ फोटो भाइरल, एमाले नेताहरूकै फेसबुकबाट प्रचार

शनिवार , मंसिर २७, २०८२

भक्तपुर । भक्तपुरको सल्लाघारी चौरमा शनिबार आयोजित नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहसँग जोडेर एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

महाधिवेशनका लागि सल्लाघारीमा एमाले कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थिति उल्लेखनीय रहे पनि त्यसभन्दा अत्यधिक जनसहभागिता देखिने उक्त फोटो वास्तविक नभएको पुष्टि भएको छ। तर, आश्चर्यजनक रूपमा सोही फेक फोटो एमाले नेताहरूले नै सामाजिक सञ्जालमार्फत प्रचार गरेका छन्।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले ‘महाधिवेशनको उद्घाटन समारोह, भक्तपुर सल्लाघारीमा जनसागर उर्लिएको अनुशासित तथा भव्य विशाल सभा’ भन्ने क्याप्सनसहित फेसबुकमा सेयर गरेका तस्बिरहरूको श्रृंखलामा उक्त फेक फोटो पनि समावेश थियो। तर, फोटोको वास्तविकतामाथि प्रश्न उठेपछि उनले उक्त पोस्ट हटाएका छन्।

शनिबार बिहानैदेखि सल्लाघारी चौरमा एमाले कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखिएको थियो। मध्याह्न १२ बजेदेखि विभिन्न स्थानबाट जुलुस आउन थालेपछि चौरको आधाभन्दा बढी क्षेत्र मानिसहरूले ढाकेका थिए।

यद्यपि, सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त तस्बिरले देखाएजस्तो अत्यधिक जनसागर भने स्थलमा देखिएको थिएन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077