Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

११औँ महाधिवेशन उद्घाटन गर्दै ओलीले भने- म ढुक्कले भन्न सक्छु नेकपा एमाले अजम्बरी छ

११औँ महाधिवेशन उद्घाटन गर्दै ओलीले भने- म ढुक्कले भन्न सक्छु नेकपा एमाले अजम्बरी छ

शनिवार , मंसिर २७, २०८२

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११औँ महाधिवेशन उद्घाटन गदै आफ्नो पार्टी अजम्बरी रहने दाबी गरेका छन् ।

उद्धाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले मुलुकमा लोकतन्त्र अजय रहेको र एमाले अजम्बरी रहने बताएका हुन् ।

उनले जेनजी आन्दोलनप्रति लक्षित गरी एमालेको सान्दर्भिकता सकिएको भन्ने प्रयास गर्नेहरूका धुवाँ, खरानी र निषेधका प्रहारहरू पार्टीले चिर्दै आफ्नो महाधिवेशनमा भव्य जनसागर देखाएको उल्लेख गरे ।

अध्यक्ष ओलीले भने- 'तपाईँहरूको यो भव्य उपस्थिति देखेर म गौरवान्वित भएको छु। सम्झिरहेको छु-तीन महिना अघिका ती कहालीलाग्दा दिनहरु। जतिबेला देश युद्ध भूमि जस्तै जलिरहेको थियो एउटा भाष्य निर्माण गर्ने कोसिस भइरहेको थियो-पुराना पार्टीहरू सकिए, पुराना नेताका दिन गए, नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो । तर आज यहाँ यो जनसागर उर्लिएको छ। म ढुक्कले भन्न सक्छु-लोकतन्त्र अजय छ, नेकपा एमाले अजम्बरी छ ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077