Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थाइल्याण्ड–कम्बोडिया सीमा तनावमा ब्रेक, ट्रम्पको मध्यस्थतामा युद्धविरामको सहमति

थाइल्याण्ड–कम्बोडिया सीमा तनावमा ब्रेक, ट्रम्पको मध्यस्थतामा युद्धविरामको सहमति

शनिवार , मंसिर २७, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडियाबीच जारी सीमास्तरीय हिंसात्मक झडप रोक्न दुवै देशका प्रधानमन्त्रीहरू सहमत भएको दाबी गरेका छन्।

ट्रम्पले थाई प्रधानमन्त्री अनुतिन चार्नविराकुल र कम्बोडियाली प्रधानमन्त्री हुन मानेटसँगको छुट्टाछुट्टै फोन वार्तापछि यो घोषणा गरेका हुन्।

हालैका दिनहरूमा दुई देशको सीमामा भएको झडपमा कम्तीमा २० जनाको ज्यान गएको छ भने करिब पाँच लाख मानिस विस्थापित भएका छन्। बढ्दो मानवीय संकटबीच आएको युद्धविरामको घोषणालाई क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियल मा ट्रम्पले लेखेका छन्, 'दुवै नेताहरू शुक्रबार साँझदेखि सबै प्रकारका गोलीबारी रोक्न सहमत भएका छन्। उनीहरूले मैले अघि सारेको मूल शान्ति सम्झौतामा फर्कने निर्णय गरेका छन्।'

उनले थपे, 'दुवै देश शान्तिका लागि तयार छन् र अमेरिकासँगको व्यापारिक सहकार्यलाई निरन्तरता दिन चाहन्छन्।'

यद्यपि, ट्रम्पको घोषणापछि थाई प्रधानमन्त्री चार्नविराकुलले पत्रकार सम्मेलनमार्फत सर्तसहितको प्रतिक्रिया दिएका छन् ।

उनले भने, 'कम्बोडियाले गोलीबारी पूर्ण रूपमा बन्द गरे, आफ्ना सेना फिर्ता बोलाए र बिछ्याइएका बारुदी सुरुङ हटाएपछि मात्र वास्तविक युद्धविराम सम्भव हुनेछ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077