काठमाडौं । ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेको सचिवालय बैठक बसेको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहिबेर अघिदेखी सुरु भएको हो ।
आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी र केन्द्रीय कमिटीको आकार थप्न विधान संशोधन गर्ने लगायतका एजेन्डामा आजको बैठकले निर्णय लिने छ।
गत भदौ २०-२० को दोस्रो विधानसम्मेलनमा १५ जना मात्रै पदाधिकारी रहने व्यवस्था गरिएको थियो। तर, अहिले बढाएर १९ जना पुर्याउने ओलीको तयारी छ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहभागीहरूले महाधिवेशनको प्रारम्भिक तयारीबारे प्रतिवेदन प्रस्तुत गर्ने र आवश्यक निर्णय लिने कार्यक्रम रहेको छ ।
यस्तै बैठकमा संसदीय गतिविधि, सरकारको नीति तथा अन्य विपक्षी दलसँगको सम्बन्धबारे पनि छलफल हुनसक्ने बताइएको छ ।