काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बस्दैछ ।
बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो ।
बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्तावलगाय विषयमा छलफल हुनेछ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ ।