काठमाडौं । नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ । बैठक भोलि दिउँसो १ बजे बस्नेगरि बोलाइएको हो ।
विधान संशोधन र महाधिवेशन प्रतिनिधिको मनोनयन मुख्य एजेन्डा रहेका छन्।
एमालेले विधान संशोधन गरेर पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ।
अहिले विधान अनुसार १५ जना पदाधिकारी मात्रै रहने व्यवस्था छ।