Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मापदण्ड विपरित उम्मेदवार सिफारिस नगर्न मातहतका समितिलाई कांग्रेसको निर्देशन

मापदण्ड विपरित उम्मेदवार सिफारिस नगर्न मातहतका समितिलाई कांग्रेसको निर्देशन

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसले मापदण्ड विपरित उम्मेदवार सिफारिस नगर्न मातहतका समितिहरुलाई निर्देशन दिएको छ ।

कांग्रेसले यसअघि नै मापदण्ड नै बनाएर आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक तथा माघ ११ को राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न आग्रह गरेको थियो ।

तर सो मापदण्ड विपरित उम्मेदवार सिफारिस भएपछि पुनः मापदण्ड अनुसार उम्मेदवार सिफारिस गर्न भनिएको हो ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले परिपत्र गर्दै सात वटै प्रदेश कार्यसमिति, सबै जिल्ला समिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेका छन् ।

उम्मेदवार सिफारिस भए पनि कतिपय क्षेत्रबाट भने मापदण्ड विपरित उम्मेदवार छनोट भएपछि कांग्रेसले मापदण्ड पूरा गर्न भनेको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077