काठमाडौं । नेकपा एमालेको ११ औ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।
बैठक अहिले बिहान ८ बजे बस्न लागेको हो । बैठकमा महाधिवेशन आउन दुई दिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका सन्दर्भमा बैठकमा छलफल हुनेछ ।
मुल समितिको संयोजक महासचवि शंकर पोखरेल छन् भने सचिवमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ छन्।
आज १४ वटै समितिका संयोजकहरूले आ-आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउने छन् ।