Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकार–जेनजी सहमति : दलीयकरण अन्त्य, अकुत सम्पत्तिमाथि छानबिन

सरकार–जेनजी सहमति : दलीयकरण अन्त्य, अकुत सम्पत्तिमाथि छानबिन

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । सार्वजनिक संस्थामा वर्षौंदेखि जरा गाडेर बसेको दलीयकरण, भागबण्डा र गैरजवाफदेही अभ्यास अन्त्य गर्न सरकारले जेनजी आन्दोलनसँग ऐतिहासिक सहमति गरेको छ ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री र जेनजी प्रतिनिधिबीच सम्पन्न सहमतिले सार्वजनिक पदधारीहरूको सम्पत्ति छानबिनदेखि सार्वजनिक संस्थाको संरचनागत सुधारसम्म बलियो मार्गचित्र तय गरेको छ ।

सहमति अनुसार छिट्टै उच्चस्तरीय छानबिन तथा नीतिगत सुधार आयोग गठन हुनेछ, जसलाई चारवटा शक्तिशाली दायित्व दिइनेछ ।

सरकारी पदमा नियुक्त, निर्वाचित वा मनोनित सबै व्यक्तिको जीवनशैली, आयस्रोत र गैरकानूनी रूपमा आर्जित सम्पत्तिमाथि गहिरो छानबिन हुनेछ। दोषी प्रमाणित जो–कोहीमाथि कानुनअनुसार कडा कारबाही अघि बढाइनेछ ।

सार्वजनिक संस्थामा दलीय सिफारिस, भागबन्डा र राजनीतिक आस्थाका आधारमा गरिने नियुक्ति बन्द गर्न कानुनी र नीतिगत सुधार सिफारिस गरिनेछ। यो कदमले देशभरका संस्थाहरूलाई व्यावसायिक, पारदर्शी र गैर–राजनीतिक बनाउने लक्ष्य राखेको छ।

पछिल्ला वर्षहरूमा विभिन्न दल, नेताहरू वा निकट समूहले सार्वजनिक स्रोत, जग्गा र बजेटको दुरुपयोग गर्दै सञ्चालन गरेका प्रतिष्ठान, ट्रस्ट, परिषद, केन्द्र जस्ता निकायको विस्तृत छानबिन हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077