काठमाडौँ । गत भदौ २३ र २४ मा जेनजी पुस्ताको नेतृत्वमा भएको आन्दोलनलाई औपचारिक वैधानिकता दिन अहिले सम्झौता हुँदैछ ।
सम्झौतामा हस्ताक्षर गर्न जेनजी आन्दोलनका घाइते प्रतिनिधिहरू बुधबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेका हुन् ।
दुई दिनसम्म काठमाडौँ उपत्यकामा तीव्र बनेको जेनजी आन्दोलनले व्यापक जनध्यान तान्दै संरचनागत परिवर्तन, युवाको आवाजको संस्थागत मान्यता र राज्यसँगको प्रत्यक्ष संवादको आवश्यकतामा जोड दिएको थियो ।
आन्दोलनका क्रममा घाइते भएका प्रतिनिधिहरूलाई सरकार पक्षले विशेष रुपमा आमन्त्रण गरेको छ, जसले आन्दोलनलाई औपचारिक रुपमा ‘मान्यता’ दिने कदमका रूपमा हेरिएको छ।
आज भइरहेको सम्झौतामा हस्ताक्षर जेनजी अभियान र नेपाल सरकारबीचको पहिलो औपचारिक प्रत्यक्ष सहमति हो ।