Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनमा निर्वाचन आयोग जोगाउने ‘बाघभैरब’ गुल्मलाई सम्मान

जेनजी आन्दोलनमा निर्वाचन आयोग जोगाउने ‘बाघभैरब’ गुल्मलाई सम्मान

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा निर्वाचन आयोगमा क्षति हुनबाट जोगाउने सशस्त्र प्रहरीको तत्कालीन सशस्त्र प्रहरी बल, नेपाल नं. २४ बाघभैरब गुल्म काठमाडौंलाई आयोगले सम्मान गरेको छ ।

बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गुल्म तथा तत्कालीन गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरेश कोइरालालाई प्रशंसा–पत्रसहित सम्मान गरेका हुन् ।

भण्डारीले आयोगको सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यवाद दिए ।

भदौ २४ गते कान्तिपथस्थित आयोगको कार्यलयमा तोडफोड र आगजनीको प्रयास भएको थियो । जसमा तत्कालीन गुल्मपति कोइरालाको कमाण्डमा खटिएको टोलीले प्रदर्शनकारीहरूलाई मुख्य गेटको केही भित्र रोकेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077