Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इलाम क्षेत्र नं-१ बाट कांग्रेसले गर्‍यो प्रत्यक्षतर्फ ९ जनाको नाम सिफारिस

इलाम क्षेत्र नं-१ बाट कांग्रेसले गर्‍यो प्रत्यक्षतर्फ ९ जनाको नाम सिफारिस

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । इलाम क्षेत्र नं १ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट ९ जनाको नाम सिफारिस भएको छ ।

नाम सिफारिस हुनेहरुमा युवा नेता प्रदेश सभा क्षेत्रीय सभापति निस्कल राई, पूर्व राज्यमन्त्री केशव थापा, पूर्व संविधानसभा सदस्य टिकाराम सुब्बा, जिल्ला सभापति डम्बरबहादुर खड्का, पूर्व राज्यमन्त्री वेनुप राज प्रसाईरहेका छन् ।

यस्तै पूर्व प्रतिनिधि सभा उम्मेदवार भुपेन्द्र कट्टेल, महाधिवेशन प्रतिनिधि हरिप्रसाद लुइँटेल, पूर्व प्रतिनिधि सभा उम्मेदवार भेषराज आचार्य र क्षेत्रीय प्रतिनिधि नगेन्द्र बुढाथोकी रहेका छन् ।

फागुन २१ को निर्वाचनका लागि मंगलबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा ९ जनाको नाम सिफारिस गरेको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077