Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो, २१५४ जना सहभागी हुने

एमाले महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो, २१५४ जना सहभागी हुने

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम सूची टुंगो लगाएको छ ।

बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको टुंगो लगाएको हो ।

एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीका अनुसार, महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरी कुल २१५४ जना प्रतिनिधिहरू सहभागी हुनेछन् ।

त्यस्तै, केन्द्रीय सल्लाहकार परिषदका ३०९ सदस्यहरूको पनि महाधिवेशनमा सहभागिता रहनेछ ।

एमालेको ११ औँ महाधिवेशन यही मंसिर २७, २८, २९ गते हुँदैछ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पस् समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने नाराका साथ उद्घाटन भक्तपुरको सल्लाघारीमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा गरिनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077