Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुपन्देही-३: कांग्रेसबाट बालकृष्ण खाँणसहित ६ जना सिफारिस

रुपन्देही-३: कांग्रेसबाट बालकृष्ण खाँणसहित ६ जना सिफारिस

बुधवार , मंसिर २४, २०८२

रुपन्देही । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही-३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ६ जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापती सुशील गुरुङ्गका अनुसार प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारका लागि सिफारिस गरिएका अन्य नामहरूमा सुशील गुरुङ्ग, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्द बहादुर खत्री रहेका छन् ।

त्यस्तै बैठकले प्रतिनिधिसभा समानुपातिकतर्फ विभिन्न क्लस्टर मिलाएर तीन जनाको नाम सिफारिस गरेको छ । जसमा अल्पसंख्यकबाट जन्नतुन निशा धुनिया, थारु कोटाबाट पुष्पा थरुनी र महिला कोटाबाट माधवी शर्मा रहेका छन् ।

मंसिर २२ र २३ गते चलेको बैठकले पार्टी भित्रको आन्तरिक एकतालाई मजबुत बनाउँदै सर्वसम्मत रूपमा उम्मेदवार छनौट गरेको हो । सिफारिस गरिएका नामहरू जिल्ला कार्यसमिति हुँदै केन्द्रमा पठाइनेछ, जहाँबाट अन्तिम निर्णय हुने वैधानिक व्यवस्था रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077