काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले 'जेनजी' विद्रोहमाथि दमन गर्नेहरूलाई राज्य प्रणालीभित्रबाट मात्रै नभई अन्तर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्ने बताएका छन् ।
मंगलबार (मंसिर २३) जेनजी सहिदहरूको सम्झनामा काठमाडौंमा आयोजित दीप प्रज्वलनमा अर्यालले यस्तो बताएका हुन् ।
उनले जेनजी घाइते तथा सहिदका माग पूरा गर्दै कारबाहीका विषयमा दृढतापूर्वक अघि बढ्ने बताए ।
सत्तामा बसेकाहरू कुशासनको अभियन्ता बनेकै कारण जेनजी विद्रोह भएको उनको तर्क छ ।
सहिदको सपनाअनुसार सरकार सुशासनको अभियान्ता बनेर अगाडि बढिरहेको अर्यालको भनाइ छ ।
मुलुकमा सुशासन कायम गर्न सरकार लागिपरेको उल्लेख गर्दै अर्यालले केही कमजोरी देखिए औँल्याउन आग्रह गरे ।
उनले जेनजी विद्रोह र सरकारी दमनको विषयमा जाँचबुझ आयोगका साथै प्रहरी र मानवअधिकार आयोगले समेत अनुसन्धान गरिरहेको बताए ।