Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभा निर्वाचनका लागि गगन थापाको नाम रोल्पाबाट सिफारिस

प्रतिनिधिसभा निर्वाचनका लागि गगन थापाको नाम रोल्पाबाट सिफारिस

मंगलवार , मंसिर २३, २०८२

काठमाडौं । आगामी निर्वाचनका लागि रोल्पाबाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासहित ४ जनाको नाम सिफारिस भएको छ ।

फागुन २१ को घोषित प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट उम्मेदवार बनाउन जिल्ला कार्यसमितिले ४ जनाको नाम सिफारिस गरेको हो ।

कांग्रेस नेता मनोजमणी आचार्यका अनुसार सिफारिस हुनेमा महामन्त्री थापा, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, डा. मन्दिप सुवेदी र ज्ञानबहादुर ओली रहेका छन् ।

नेपाली कांग्रेसले आगामी फागुन २१ गतेका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिरहेको छ ।

यसअघि मोरङ–६ क्षेत्रीयबाट डा. शेखर कोइराला एकल सिफारिस भएका छन भने आरजु राणा देउवा कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएकी छन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077