Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसपी डंगोल एसएसपीमा बढुवा सिफारिस

एसपी डंगोल एसएसपीमा बढुवा सिफारिस

सोमवार , मंसिर २२, २०८२

काठमाडौं । नेपाल प्रहरीका प्राविधिक प्रहरी उपरीक्षक हरि डंगोल वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस भएका छन् ।

सोमबार बसेको बढुवा समितिको बैठकले ईन्जिनियरिङ उपसमूह आवास तथा भौतिकतर्फ रिक्त एसएसपी पदमा डंगोललाई बढुवा सिफारिस गरेको हो ।

बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनी कोशी प्रदेश प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखामा कार्यरत छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077