काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन गरिएको व्यवस्थापन समिति सचिवालयको आज बैठक बसेको छ।
बैठक च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको हो ।
बैठकमा महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफल तथा समीक्षा गरेको सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए।
बैठकमा महाधिवेशनको तयारीका लागि गठन गरिएका समितिका संयोजकले प्रगति विवरण पेस गरेका थिए। उनका अनुसार महाधिवेशनको अन्तिम तयारी भइरहेको छ।
एमालेको महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा सुरु हुँदैछ।
महाधिवेशन सफल बनाउन महासचिव पोखरेलको संयोजकत्वमा लागि विभिन्न १३ वटा समिति गठन गरिएका छन्।