काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै राजनीतिक दस्तावेज पेश गर्ने तयारी गरेका छन् ।
अध्यक्ष पदका दावेदार पोखरेलले सोमबार नै उक्त दस्तावेज छलफलका लागि अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउन लागेका हुन् ।
पोखरेल समूहका अनुसार भदौ २३ र २४ गतेका घटनाबारे वस्तुगत, बहुआयामिक र खुला समीक्षा आवश्यक छ।
पोखरेल समूहले तयार पारेको दस्तावेजमा भदौ २३ गतेको घटना एमाले नेतृत्वको सरकार र विशेषतः सरकार प्रमुखसमेत रहेकाले अध्यक्ष ओलीकै कमजोरीका कारण उत्पन्न भएको उल्लेख छ ।
ओलीले भने ती घटनालाई विदेशी हस्तक्षेप र षड्यन्त्रको श्रृंखलाका रूपमा चित्रण गर्दै पार्टीलाई बाह्य चुनौतीविरुद्ध उभिनुपर्ने बताउँदै आएका छन् ।
एमालेको ११ औं महाधिवेशन यही शनिबारदेखि सुरू हुँदैछ। महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन हुनेछ। बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुनेछ।