काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ।
सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटेर २ लाख ५२ हजार २०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलामा २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको थियो।
यस्तै चाँदीको मूल्य भने ५० रुपैयाँ बढेको छ।
शुक्रबार तोलामा ३ हजार ५५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ३ हजार ६०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।